एजेन्सी । एक व्यक्तिले मुसासंग विवाह गरेका छन् । भारतको बेंगलोरका चिधात्मा बासुले मुसासंग विवाह गरेका हुन् ।

बासुकी श्रीमतीको २०१७ मा कार दुर्घटनामा निधन भएको थियो । उनीहरुका चार जना छोराछोरी छन् ।

बासुले एकदिन एउटा मुसाले आफूलाई हेरिरहेको देखे । उनका अनुसार, पोथी मुसाले आफूलाई एकटकले हेरिरहेको देखेपछि उनी अचम्ममा परे । उनले भनेका छन्, ” त्यो मुसाले मलाई त्यसरी नै हेरिरहेको थियो, जसरि मेरी श्रीमतीले मलाई हेर्ने गर्थीन्। उसको नाक र आँखा पनि मेरी श्रीमतीका जस्तै छन् ” । त्यसपछि उनलाई आफ्नी श्रीमतीले मुसाको रुपमा पुनर्जन्म लिएको शंका लाग्यो ।

बासुले यो कुरा पण्डित तथा साधुहरुलाई बताए । उनीहरुले बासुकी श्रीमतीले मुसाको रुपमा पुनर्जन्म लिएको भनेर दाबी गरे । त्यसपछि बासुले उक्त मुसासंग विवाह गरेका छन् ।

केही व्यक्तिले यो उनको धार्मिक आस्था र अधिकारको कुरा भएको बताएका छन् भने केहीले यसले समाजमा नकारात्मक असर हुने भन्दै आलोचना गरेका छन् । त्यस्तै, पशु अधिकारकर्मीहरुले पनि उक्त विवाहको विरोध जनाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments