मेलबर्न । जारी आइसिसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा अष्ट्रेलिया विजयी भएको छ ।

अष्ट्रेलियाले अफगानिस्तानलाई सात विकेटले हराएर प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

अफगानिस्तानले प्रस्तुत गरेको २०७ रनको लक्ष्य अष्ट्रेलियाले ३४ ओभर पाँच बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । उसका लागि डेविड वार्नरले ११४ बलमा नटआउट ८९ रन बनाए । यस्तै एरोन फिन्चले ४९ बलमा ६६ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको अफगानिस्तानले ३८ ओभर दुई बलमा सबै विकेट गुमाएर २०७ रन बनाएको थियो ।

उसका लागि नाजिबुल्लाह जाड्रनले ५१, राहमत शाहले ४३ तथा कप्तान गुल्बदिन नाबीले ३१ रन बनाए । अष्ट्रेलियाका प्याट कमिल्नस र एडम जाम्पाले तीन–तीन तथा मार्कस स्टोइनिसले दुई विकेट लिए ।

Please follow and like us:

Comments