काठमाडौं । नयाँ कानून अनुसार अमेरिकाको भिसाका लागि निवेदन दिने सबैले आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरण पेश गर्नु पर्ने भएको छ ।

अमेरिकी विदेश विभागले जारी गरेको नयाँ नियम अनुसार भिसाका लागि निवेदन दिने व्यक्तिले सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका इमेल आइडी र फोन नम्बरहरु पेश गर्नु पर्ने छ ।

गएको वर्ष यस सम्बन्धी प्रस्ताव पेश गरिएका बेला यसबाट वार्षिक रुपमा एक करोड ४७ लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो । तर केही कूटनीतिक र सरकारी अधिकारीले भने भिसा निवेदन दिँदा यस्तो जानकारी पेश गर्नु पर्ने छैन ।

तर काम तथा अध्ययनका लागि अमेरिका जान चाहने व्यक्तिले भने सम्पूर्ण जानकारी पेश गर्नु पर्ने भएको छ । अमेरिकी नागरिकको सुरक्षाका लागि स्क्रिनिङ्ग प्रक्रिया परिष्कृत गर्ने योजना अनुसार नयाँ नियम लागु गरिएको विदेश विभागले बताएको बिबिसीले उल्लेख गरेको छ ।

यसअघि सीमित निवेदकले मात्रै यस्तो जानकारी पेश गर्नु पर्ने थियो । तर अब भने सबै निवेदकले आफ्ना सामाजिक सञ्जाल एकाउन्टका नामहरु दिनु पर्ने भएको छ ।

Please follow and like us:

Comments