मेलबर्न । अष्ट्रेलियाको डिपार्टमेन्ट स्टोर चेन बिग डब्लुले ५० प्रतिशत छुट सहितको सेल अफर ल्याएको छ । आजबाट सुरु भएको सेल हो  जुन २ सम्म रहने बताइएको छ ।

बिगडब्लु केही समय अगाडी आफ्ना ३० वटा स्टोर बन्द गर्ने घोषणा गरेको थियो । नाफा न्युन भनेका कारण केही स्टोरहरु बन्द गर्न लागेको बिगडब्लुले बताएको थियो । यसै बीचमा स्टोरले सेल अफर ल्याएको हो ।

उक्त सेलमा किचनको सामान, घर सजावटको सामान, मेकअपसामान लगायत ८ सय सामानमा ५० प्रतिशत छुट रहेको छ । यो छुट अनलाइन र स्टोर दुवैमा पाउन सकिने बताइएको छ । Source : 7 News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments