मनाङ, मुस्ताङ र म्याग्दीमा भएको भारी हिमपातमा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

डोल्पामा थप ३ ओटा शव फेला परेपछि हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको हो । आजपनि बिहानैदेखि नेपाली सेना, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालको उद्धार टोली र अरु विभिन्न संघ–सस्ंथा मुस्ताङ, डोल्पा र मनाङमा उद्धारमा खटिरहेका छन् । हिजो अन्नपूर्ण क्षेत्रमा हराइरहेका मध्ये मुस्ताङबाट एक सय २१ जनाको उद्धार गरिएको थियो । यस्तै, म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी बेस क्याम्पबाट १४ जनाको, मनाङबाट एक सय ९६ जना र गोरखाबाट ७० जनाको उद्धार गरिएको थियो ।

Comments