काठमाडौं । आर्थिक वर्ष २०७६–७७ को बजेट बुधबार दिउँसो ४ बजे संसदमा प्रस्तुत हुने भएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराएका हुन् ।

त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपराह्न ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्न समेत सभामुख महराले आग्रह गरेका छन् । संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभार राष्ट्रियसभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने प्रचलन छ ।

Comments

comments