काठमाडौं । क्यानडाको संसदले तीन वर्षभित्र १० लाख भन्दा बढी आप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ ।

क्यानडाले यसरी आप्रवासी भित्र्याउन थाले सँगै त्यहाँ प्रतिवर्ष १ प्रतिशत जनसंख्या थपिनेछ ।

सन् २०१८ मा मात्र पनि क्यानडाले २ लाख ८६ हजारलाई स्थायी आप्रवास गर्ने अनुमति प्रदान गरेको थियोे । २०१९ मा यो संख्या साढे ३ लाख भन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै २०२० मा ३ लाख ६० हजार र २०२१ मा ३ लाख ७० हजारलाई त्यस्तो अनुमतिपत्र प्रदान गरिनेछ ।

क्यानडाका अन्य मित्रराष्ट्रहरुले सुरक्षा जोखिम बढेको भन्दै आप्रवासन नीतिमा कडाई गरिरहँदा उसले भने उदार नीति अपनाइरहेको छ । क्यानडाले यो कार्यलाई प्रमुख प्राथमिकतामा राखेको बताएको छ । हालसम्म क्यानडाका कूल आप्रवासीको संख्या ६ करोड ८५ लाख नाघेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगको तथ्याङ्क छ ।

Comments