काठमाडौं । काठमाडौको २ स्थानमा ग्यास सिलिन्डर बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक नजिकै विस्फोट भएको हो ।

विस्फोटमा परी सुकेधारामा १ जनाको मृत्य भएको छ भने ५ जना घाइते भएका छन् । यस्तै घट्टेकुलोमा १ जनाको मृत्यु हुनुको साथै १ जना घाइते भएको प्रहरीले जनाएको छ । सुकेधारामा मृत्यु हुने  महोत्तरीका जीवकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ । त्यस्तै, अनामनगर विष्फोटमा परेर लोकमञ्जरी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घट्टेकुलोमा घाइते हुने रविन केसी विप्लव समूहको कार्यकर्ता भएको प्रहरीले जनाएको छ । उनको प्रहरी निगरानीमा वीर अस्पतालमा उपचार भैरहेको छ ।

घटना स्थलमा नेत्रविक्रम चन्द नेकपाको पर्चा भटिएको प्रहरीले जनाएको छ । विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान गरेको छ। त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

यसैबीच घटना लगत्तै गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा सुरक्षा निकायको आकस्मिक बैठक बोलाउनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments