काठमाडौं । काठमाडौको २ स्थानमा ग्यास सिलिन्डर बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक नजिकै विस्फोट भएको हो ।

विस्फोटमा परी सुकेधारामा १ जनाको मृत्य भएको छ भने ५ जना घाइते भएका छन् । यस्तै घट्टेकुलोमा १ जनाको मृत्यु हुनुको साथै १ जना घाइते भएको प्रहरीले जनाएको छ । सुकेधारामा मृत्यु हुनेहरु हरि खड्का र सुरेन्द्र महर्जन रहेको प्रहरीले जनाएको छ ।

दुवै विस्फोट कोठाभित्र भएकोले बिष्फोटक पदार्थ बनाउने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक आशंका छ । घटना स्थलमा नेत्रविक्रम चन्द नेकपाको पर्चा भटिएको प्रहरीले जनाएको छ ।

यसैबीच घटना लगत्तै गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा सुरक्षा निकायको आकस्मिक बैठक बोलाउनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments