सिड्नी । अष्ट्रेलियामा चालकविहीन मेट्रो रेल सेवा सुरु भएको छ । सिड्नीमा सुरु भएको यो रेल सेवा अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा हो ।

यो रेल सेवा संचालनमा ल्याउनको लागि ७ बिलियन डलर लागत लागेको बताइएको छ । चालकविहीन मेट्रो रेल सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्छ ।

हाल सिड्नीका १३ वटा स्थानलाई जोड्ने यो रेलले २०२४ सम्ममा ३१ वटा मेट्रो स्टेसनलाई समेट्ने योजना रहेको छ । मेट्रो तोकिएको स्टेशनमा हरेक चार मिनेटमा आइपुग्छ । स्टेसनमा पुगेपछि रेलको ढोका आफै खुल्नेछ ।

न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले चालकविहीन यो मेट्रो रेलको आइतबार बिहान उद्घाटन गरेकी हुन् ।

Source : the guardian

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments