एजेन्सी । आफ्नो कारणले उडान ढिला भएको भन्दै मन्त्रीले राजिनामा दिएकी छन् । मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोञ्जालेज ब्लान्कोले आफूले गर्दा फ्लाइट डिले भएको भन्दै राष्ट्रिपतिसमक्ष राजीनामा दिएकी हुन् ।

मन्त्री जोसेफाले गत डिसेम्बर १ देखि मेक्सिकोको सत्ता सम्हालेका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर समक्ष राजीनामा बुझाएकी छिन्।

उक्त राजीनामामा उनले लेखेकी छिन् , ” यसमा कुनै सफाइ आवश्यक नै छैन । एकजनाको फाइदाका लागि धेरैलाई समस्यामा पार्नु गलत कुरा हो । मेक्सिकोको रुपान्तरणका लागि साँचो अर्थमा समानता र न्यायको कुरा लागु हुनुपर्छ । ”

मन्त्रीका कारण उडानमा आधा घण्टा ढिला भएको थियो । जसले गर्दा सामाजिक सञ्जालमा मन्त्रीको चर्को आलोचना भएपछि उनले राजीनामा दिएकी हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments