काठमाडौं । मोरङको बेलबारी नगरपालिकाले साना किसान सहकारी संस्थाको सहकार्यमा धानको बिउ वितरण गरेको छ । नगरपालिकाको २ लाख ५० हजार र साना किसान सहकारीको १ लाख ५० हजार सहयोगमा ६ हजार किलो धानको बिउ वितरण गरिएको हो ।

किसानले २० किलोसम्म धानको बिउ पाउने साना किसान सहकारी संस्थाले जनाएको छ । खेती गर्ने समयमा बिउ अभावमा खेत बाँझै हुन नदिन बिउ वितरण गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments