सियोल । विश्व शान्तिको उदेश्यले शान्ति अभियान डिपीसीडब्लु घोषणा गरिएको छ वर्ष पूरा भएको छ ।

विश्वमा धार्मिक र राजनीतिक अभीष्टले शान्तिको स्थिति नाजुक बन्दै गएको निष्कर्षसहित विश्वमा आपसी संवाद,सहकार्य र प्रतिवद्दता मार्फत पुनः शान्ति स्थापना गर्ने उदेश्यले स्थापना भएको अन्तराष्ट्रिय गैर सरकारी संस्था हेभन्ली कल्चर अफ वल्र्ड पिस रेष्टोरेशन अफ लाइट एचडब्लुपीएलले सन् २०१२ मा डिपीसीडब्लुको अवधारणा सार्वजनिक गरेको थियो । त्यही दिनको स्मरणमा हरेक वर्ष मे २५ मा विशेष कार्यक्रम आयोजना गरिदै आएको छ ।

शान्ति प्रर्बद्धनात्मक गतिविधिमा अब्बल संस्थाका रुपमा परिचित एचडब्लुपीएलले छैंटौ बार्षिकोत्सवका अवसरमा विश्वका विभिन्न ७० भन्दा बढी देशमा शान्ति यात्रा गरिएको छ । सोही अवसरमा शनिवार कोरियाको सिओलमा रहेको विश्व शान्ति द्वारमा विशेष कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा एच डब्लु पि एलका अध्यक्ष मान ही लीले सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा उहाँले शान्ति प्रर्बद्धनात्मक कार्यक्रममा सहकार्यका लागि सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विश्व शान्तिको सन्देश हरेक नागरिकले प्रवाह गर्नुपर्ने त्यसमा युवा र महिलाको विशेष भूमिका हुने उहाँको भनाई थियो । विश्वका शान्तिप्रेमी शान्तिदूतहरुसँगको आपसी सहकार्यले विश्व शान्तिको अभियान क्रमशः सफल कार्यान्वन उन्मुख रहेको पनि अध्यक्ष लीले बताउनुभयो ।

युद्ध अन्त्य र विश्व शान्ति स्थापनाका लागि एचडब्लुपिएलले विश्वका विभिन्न मुलुकका रहेका सामाजिक संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।

भावी पुस्ताका लागि सुन्दर र शान्त विश्व हस्तान्तरण गर्नुपर्छ, युद्धले कसैलाई पनि फाइदा पुग्दैन भन्ने मान्यताका साथ संस्थाका अध्यक्ष मान हि लि ले विश्वव्यापी अभियान चलाउँदै आउनुभएको छ ।

एचडब्लुपीएलले घोषणा गरेको डिपीसीडब्लुको पूर्ण कार्यान्वयनकालागि संयुक्त राष्ट्रसंघका उल्लेख्य सदस्य राष्ट्रहरुले प्रतिवद्दता जनाइसकेको उहाँले बताउनुभयो ।

Comments