एजेन्सी । विवाहमा दाइजो लेनदेन ठूलो सामाजिक समस्या बनिरहेको छ । भारतमा यो अझ विकराल रुपमा फैलिएको छ । तर भारतकै एक बेहुलाले भने दाइजो नलिने निर्णय गरे ।

शिक्षण पेशामा आबद्ध ३० वर्षीय सूर्यकान्त बारिकलाई दाइजो स्वीकार गर्नको लागि बेहुली पक्षले निकै आग्रह गरे । तर सूर्यकान्तले भने दाइजो नलिई नै विवाह गर्ने अडान कसे । बेहुली पक्षले सूर्यकान्तको त्यो अडानमा सहमती जनाएपछि मात्र विवाह निश्चित भएको थियो ।

विवाहको दिनमा सूर्यकान्त बेहुली लिन बेहुलीको घर जाँदा उनी अचम्भित भए । त्यहाँ किताबहरुको खात थियो । बेहुलीले सूर्यकान्तलाई ती किताब उपहारको रुपमा स्वीकार गर्न आग्रह गरिन् । त्यहाँ एकहजारवटा किताब भएको र ती किताबको एकमुष्ट मूल्य एक लाख रहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments