एजेन्सी । खाली पेटमा चिया पिउनु सबैभन्दा हानीकारक मानिन्छ । यो स्वास्थ्य विशेषज्ञ तथा वैज्ञानिकहरुको अनुसन्धानको नतीजाले पुष्टि गरिसकेको छ ।

चियाले हाम्रो पाचन प्रणालीमा असर गर्छ । चियाले पेट सम्बन्धि विभिन्न रोगहरु मात्र नभएर अल्सर हुने सम्भावना समेत हुन्छ । यसले मोटोपना समेत बढाइदिन्छ । दुध राखेको चियाको तुलनामा दुध नराखेको कालो चिया उपयुक्त या स्वस्थकर मानिन्छ । तर कालो चिया पनि धेरै भयो भने यसले असर गर्न थाल्छ । कालो चिया धेरै भयो भने पेट फुल्ने, पाचन प्रक्रिया सम्बन्धि समस्या हुने, टाउको दुख्ने आदि हुन्छ ।

एक पटक पाकिसकेको चिया चिसो भयो र पिउन भ्याईएन भने त्यही चियालाई फेरी तताएर पिउने हाम्रो बानी छ । यो बानी चिया पिउनेहरुका लागि सबैभन्दा खतरनाक हुन्छ । चियालाई पटक पटक पकाउँदा त्यसमा रहेको चिनी निकोटिनको रुपमा परिणत हुन्छ । निकोटिन हाम्रो स्वास्थ्यको लागि खतरनाक तत्व हो ।

चिया पिउन छोड्न सकिंदैन भने स्वास्थ्यलाई ध्यानमा राखेर थोरै मात्रामा पिउनुपर्छ । त्यस्तै, खाली पेटमा र बारम्बार तताएको चिया कहिल्यै पनि पिउनु हुँदैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments