सिड्नी । अष्ट्रेलियामा श्रम शोषणमा परेकाहरुका लागि नि:शुल्क कानुनी सहायता उपलब्ध हुने भएको छ ।

रोजगारदाताहरुले आप्रवासी कामदारहरुलाई कम तलब दिने, तलब नै नदिने जस्ता घटना बढेपछि न्यु साउथ व्लेस राज्य सरकारले कानुनी सहायता व्यवस्था गर्ने भएको हो ।

न्यु साउथ वेल्स राज्य सरकारले १६ लाख डलर बराबरको कानुनी सहायता योजनाको घोषणा गरेको छ । जसअनुसार, सिड्नीका चार सामुदायिक कानूनी सहायता केन्द्रहरू – इनर सिटी लिगल सेन्टर, रेडफर्न लिगल सेन्टर, किंग्सफर्ड लिगल सेन्टर र म्यार्रिकभील लिगल सेन्टरले आप्रवासीहरूलाई सहयोग गर्नेछन्।

आप्रवासीहरूलाई सहज होस् भन्ने उद्देश्यले सहायता केन्द्रमा ती आप्रवासीहरुको भाषामा पारंगत भएका दुई सामाजिक कार्यकर्ता समेत रहनेछन् । Source : SBS News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments