नाइजेरियाको सरकार र त्यहाँको विद्रोही संगठन बोको हरामबीच युद्ध विराम भएको छ ।

नाइजेरियाको सेनाले बोको हरामसँग युद्ध विरामको सहमति भएको घोषणा गरेको हो । तर बोको हरामले भने अहिलेसम्म यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । नाइजेरियाको सेनाका अनुसार बोको हरामले अपहरण गरेका स्कूले केटीहरुको रिहाई गर्ने पनि सहमति भएको छ । बोको हरामले ६ महिनाअघि २ सय जनाभन्दा धेरै स्कुले केटीको अपहरण गरेको थियो । अन्तर्राष्ट्रिय समुदायले स्कूले केटीलाई रिहा गर्न माग गरेपनि बोको हरामले त्यसलाई अस्वीकार गर्दै आएको थियो । बोको हरामले ५ वर्षअघि सुरु गरेको युद्धका कारण अहिलेसम्म २ हजार जनाको ज्यान गइसकेको छ ।

Comments