फ्रान्सको लिग वान फुटबलमा गए राति पीएसजीले आरसी लेन्सलाई ३–० ले पराजित गरेको छ ।

तर, खेलमा तीन खेलाडीले रातो कार्ड पाए । गोल सेलिब्रेसनकै कारण पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर इडिन्सन काभानीले मैदान छाड्नु परेको छ ।
लेन्सले डिफेण्डिङ च्याम्पियनविरुद्ध २० औं मिनेटमा अग्रता लिए पनि जोगाउन सकेन ।  २८ औं मिनेटमा योहान कबायेले बराबरी गोल गरे भने ३३ औं मिनेटमा म्याक्सवेलले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । ५३ औं मिनेटमा काभानीलाई फल गरेपछि पीएजसीले पेनाल्टी पायो । जसमा काभानीले सहज गोल गर्दै अग्रता ३–१ मा पर्याेए । खेलपछि उनले बन्दुक तोकेको शैलीमा हातले इशारा गर्दै गोलको खुसी मनाए । तर, खेलमा यसअघि एउटा पहिलो कार्ड पाइसकेका उनले अर्को पहेँलो कार्डसँगै रातो कार्ड पाए र मैदान छाड्नु पर्याे ।

खेलको ५९ औं मिनेटमा जेरोमीले दोहोरो पहेँलोसँगै रातो कार्ड पाएपछि लेन्स ९ खेलाडीमा सिमित भएको थियो ।

Comments

comments