काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको छ ।

मिक्लाजुङ गाउँपालिका ३ को आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो ।

सोमबार राती परिवार नै सखाप पार्ने गरी नरसंहार गरिएको प्रहरीको आशंका छ । एक बालिका घाईते रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । घटनाको जानकारी मंगलबार बिहानै प्रहरी निरीक्षक अनिल पौडेल सहितको टोलि घटना स्थलतर्फ हिडेको छ ।

सदरमुकामबाट घटना स्थल पुग्न करिब ४ घण्टा समय लाग्ने जिल्ला प्रहरी कार्यालय पॉचथरले जनाएको छ ।

Comments

comments