काठमाडौं । नेपाली अभिनेत्री प्रियंका कार्की कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा देखिने भएकी छिन् । विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभल मानिने कान्स फिल्म फेस्टिभलमा नेपाली कलाकारको सहभागिता यो पहिलो पटक हो ।

कान्समा सहभागी हुन प्रियंका फ्रान्स प्रस्थान गरिसकेकी छिन् । उनी मे २० मा कान्सको रेड कार्पेटमा देखिनेछिन् ।

फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा सहभागिताको लागि कान्सको छनौट समितिले प्रियंकालाई गएकाे अप्रिलमै निम्ता पठाएको बताइएको छ । कान्स फिल्म फेस्टिभल गत मंगलबार देखि सुरु भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments