मेलबर्न । अष्ट्रेलिया अहिले धेरै नेपाली विद्यार्थीहरुका लागि सपनाको देश बनिरहेको छ । आफूले रोजेअनुसारको पढाइ र त्यसपछिको राम्रो करियरको लागि नेपाली विद्यार्थीले अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाइरहेका छन् । नेपाली विद्यार्थीहरु पढाईको लागि भन्दा पनि लिभिङ्ग टुगेदरको लागि अष्ट्रेलिया जान्छन् भन्ने सम्म पनि सामाजिक संजालमा व्यंग्य देखिन थालेका छन् ।

अष्ट्रेलियामा डलर आम्दानी हुन्छ भनेर नेपालबाट हिसाब गर्ने गर्छौं । तर यहाँको खर्च पनि डलरमै हुन्छ । जसले गर्दा विद्यार्थीले पहिले सोंचे अनुसारको, नेपालबाट परिवारले आशा गरे अनुसारको बचत हुन सक्दैन । लिभिङ्ग टुगेदरमा बस्दा खर्च बाँडिन्छ । जसले गर्दा विद्यार्थीलाई आर्थिक मद्दत पुग्छ ।

नेपालमा परिवारसंग बसेका, आफूले चिनेको वातावरणमा घुलमिल भएर हिडिरहेका व्यक्तिहरु अष्ट्रेलिया आएपछि एक्लो महसुस गर्न थाल्छन् । उनीहरु भावनात्मक रुपमा भित्र भित्रै कमजोर भइरहेका हुन्छन् । असल पार्टनरको साथमा रहंदा त्यो एक्लोपना कम हुँदै जान्छ । उनीहरु आफूलाई भावनात्मक रुपमा आफूलाई बलियो महसुस गर्न थाल्छन् । जसले गर्दा उनीहरु फ्रस्टेसन तथा डिप्रेसनबाट बच्न सक्छन् ।

नेपाली समाजमा लिभिङ्ग टुगेदरलाई त्यति राम्रो दृष्टिकोणले हेरिदैन । विद्यार्थीहरु अष्ट्रेलिया आएपछि स्वतन्त्र महसुस गर्न थाल्छन् । उनीहरुको जीवनशैली माथी मूल्यांकन गर्ने समाज यहाँ हुँदैन । न त उनीहरुलाई अंकुश लगाउने परिवार तथा आफन्त नै । जसले गर्दा उनीहरु आफ्नो चाहना अनुरुप जिउन थाल्छन् । केही विद्यार्थीहरु त्यही चाहना अनुरुप लिभिङ्ग टुगेदरमा बस्न थाल्छन् ।

लिभिङ्ग टुगेदरमा बस्नेहरु कोही नेपालमा रहंदा देखिकै प्रेमी-प्रेमीका हुन्छन् भने कोही अष्ट्रेलिया आएपछि सम्बन्ध गांसेकाहरु हुन्छन् । परिवारबाट टाढा रहंदा लिभिङ्ग टुगेदरले एक्लोपना, आर्थिक तनावको कमी गरिदिन्छ । तर आपसी असमझदारी बढ्यो भने या पार्टनरलाई राम्रोसंग नबुझी लिभिङ्ग टुगेदरमा रहन थाल्ने हो भने त्यसले जीवन तहस नहस पारिदिन पनि सक्छ । त्यसैले लिभिङ्ग टुगेदरमा बस्दा होस्, साथीहरुसंग बस्दा होस्, या विवाह गरेर बस्दा होस्, आफ्नो पार्टनरलाई, आफ्नो साथीलाई राम्रोसंग बुझ्न जरुरि हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments