पर्थ । अष्ट्रेलियामा टुरिस्ट भिसामा आएर काम गर्न खोज्ने ८ जना एयरपोर्टबाटै पक्राऊ परेका छन् । सोधपुछको क्रममा अष्ट्रेलियामा बसेर काम गर्ने नियत देखिएपछि बोर्डर फोर्सले उनीहरुलाई पक्राऊ गरेर देश निकाला गरिदिएको हो ।

दुई महिला र ६ पुरुष गरि ८ जना मलेसियाबाट आउंदै गरेको बताइएको छ । पर्थ एयरपोर्टमा चेकिङ्गको क्रममा सोधपुछ गर्दा उनीहरुले अष्ट्रेलिया आउनुको उद्धेश्य फरक-फरक बताएका थिए । उनीहरुले दिएको उत्तरले शंका उब्जाएपछि बोर्डर फोर्सले थप सोधपुछ गरेको थियो।

सोधपुछ पछि उनीहरु टुरिस्ट भिसामा आएर फार्महरुमा काम गर्ने योजना बनाएको बताइएको छ । बोर्डर फोर्सले उनीहरुलाई बिहिबार नै मलेसिया फिर्ता पठाएको छ ।  Source 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments