बार्सिलोनाका स्टार स्टाइकर लियोनल मेस्सीका पिता जर्ज मेस्सीले ट्याक्स फ्रड मुद्धामा मेस्सीको कुनै हात नरहेको बताएका छन् ।

सन् २००७ देखि २००९ बिचमा मेस्सीले चार मिलियन युरो ट्याक्स छली गरेको आरोप लागिरहेको बेला उनका पिताको यस्तो भनाई बाहिर आएको हो । वकिलहरुले मेस्सीको कुनै हात नरहेको र कारबाही भएमा जर्ज मेस्सीलाई हुने अपिल अदालतले खारेज गरिदिएको छ ।

जर्ज मेस्सीले भने यस विषयमा मेस्सी पुरै अन्जान रहेको र कुनै स्पष्टिकरण दिन नपर्ने बताउँदै आइरहेका छन् ।

चार वर्षका बेलुन डि बिजेता लियोन मेस्सी स्पेनमा गएको पाँच वर्षपछि स्पेनको नागरिकता पाएका थिए । २७ वर्षिय मेस्सीले एक वर्षमा ४० मिलियन युरो र बोनस पाउने गरेका छन् ।

Comments

comments