दैलेख । । शनिबार राति १२ बजेर ३६ मिनेटमाा दैलेख केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्प दैलेखको नौ मुले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर गएको हो ।

मध्यराति भूकम्प भएपछि मानिसहरू त्रसित भएको थिए । भूकम्पबाट क्षति नभएको हुन सक्ने अनुमान गरिएको छ । अहिलेसम्म क्षतिबारे केही विवरण प्राप्त भएको छैन ।

मध्यपश्चिमी र सुदूरपश्चिमी पहाडमा यसअघि पनि साना भूकम्पका धक्का गइरहेका छन्। यसअघि गत वैशाख १ गते बझाङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

Comments

comments