मेलबर्न। आगामी ६ जुलाईमा हुने गैर आवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको भावी नेतृत्वकालागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

यसैबीच दीपेश केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कुनै संस्थासँग आवद्ध नरहेको, गुट उपगुट पनि नरहेको र राजनीति गर्न नजान्ने तर नेपालीको हितका लागि काम गर्न जान्ने भन्दै केसीले उम्मेदवारी घोषणा गरेका हुन् ।

‘म कुनै राजनीतिक पार्टीको आस्थामा पनि छैन, अहिले पदाधिकारीमा स्वतन्त्र व्यक्तिको आवश्यक छ’, उनी भन्छन्,‘दोस्रो पुस्ताको हितका लागि अन्य मुद्दाहरूसहित उपाध्यक्ष पदमा उठ्ने तयारी गरेको हुँ ।’

उम्मेदवारी घोषणा गर्दै उनले लेखेका छन्–’यसपालि नयाँलाई साथ दिनुहोस् । राजनीति रहित र विद्यार्थी सहितको एनआरएन मेरो संकल्प हो । मेरो लागि यो नँया अनुभब हो । म एन आर एन ए मा मात्र होइन अन्य संघ-संस्थाको पनि कार्यकारी पदमा रहेको अनुभब छैन । मेरो कुनै गुट-उपगुट पनि छैन र मलाई राजनीति गर्न पनि आउदैन । मलाई कुनै राजनीतिक पार्टीको आस्था नै छैन । समुदायमा धेरै चिन्नु पनि हुन्न । तर एनआरएनएको पदाधिकारीहरुमा यस्तै व्यक्तिको आवश्यकता महसुस गरेको हुनले स्वतन्त्ररुपमा म आफ्नो उम्मेदवारी घोषणा गर्न चाहन्छु । दोश्रो पुस्ताकाका आवाजसंगै समुदायका हितका लागि थुप्रै मुद्दाहरु छन् अनि बिधार्थीका लागि बिशेष योजनाहरु पनि । म अन्य पोस्टहरु मार्फत आफ्ना योजनाहरु प्रस्तुत गर्ने छु ।’

साथै उनले आफ्नो उम्मेदवारी मार्फत नागरिकताकालागि मात्र नभई देशसँग जोडिने पुलको निर्माण समेत गर्न अपिल गरेका छन् ।

Comments