मेलबर्न । मोबाइल तथा ल्यापटपमा राखिएका फोटो तथा भिडियोहरुलाई हामीले व्यक्तिगत कुराको रुपमा लिन्छौं । तर अष्ट्रेलियाको एयरपोर्टमा मोबाइल र ल्यापटपका सबै भिडियोहरु देखाउनुपर्ने हुन्छ ।

एयरपोर्टका अधिकारिहरुसंग अष्ट्रेलिया प्रवेश गर्ने व्यक्तिको मोबाइल र ल्यापटप चेक गर्ने अधिकार हुन्छ । उनीहरुले मोबाइल र ल्यापटपमा भएका सबै फोटो तथा भिडियोको जांच गर्न मागेमा यात्रुले अस्विकार गर्न पाउँदैनन् ।

अष्ट्रेलिया प्रवेश गर्ने व्यक्तिले अश्लिल तथा बाल शोषण सम्बन्धि फोटा तथा भिडियोहरु ल्याउन पाउँदैनन् । पछिल्लो समय एक भारतीय व्यक्तिले बच्चालाई पिटेको भिडियो मोबाइलमा राखेका कारण उनलाई एयरपोर्टबाट फिर्ता पठाइएको थियो । अष्ट्रेलियामा बालबालिकामाथि हातपात, उनीहरुको श्रम शोषण, बाल अधिकार हनन, यौन शोषणलाई गम्भीर अपराध मानिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments