मेलबर्न । नेपाली टेलिभिजन च्यानलमा प्रसारण भएको गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ को टिम सांगीतिक प्रस्तुतिको लागि अष्ट्रेलिया आउने भएको छ । उक्त सांगीतिक टुर अन्तर्गत मेलबर्नमा आगामी २५ तारिखमा कलाकारहरुले धमाकेदार प्रस्तुति दिनेछन् ।

द भ्वाइस अफ नेपालको अष्ट्रेलिया टुरमा रहेको टिममा शोका विजेता सीडी विजय अधिकारी लगायत उत्कृष्ट पांचमा पर्न सफल कुशल आचार्य, श्रिजय थपलिया, सप्तक दुताराज, सुरेखा क्षेत्री, श्रेया राई रहनेछन् । कलाकारको साथमा कार्यक्रमका संचालक सुशील नेपाल समेत उक्त टिममा रहने आयोजकले बताएका छन् ।

मेलबर्नमा इनाक्षी इन्टरटेनमेन्टको आयोजना तथा बिएमडब्लु एजुकेशन कन्सल्टेन्सीको मुख्य आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा १८ वर्ष उमेर भन्दा माथीका व्यक्तिलाई मात्र प्रवेश दिइने आयोजकले बताएका छन् ।

आगामी २५ मे , शनिबार साइप्रस कम्युनिटी हलमा बेलुका ६ बजे देखि कार्यक्रम सुरु हुनेछ । कार्यक्रमको लागि प्रवेश शुल्क २० डलर तोकिएको छ । अगाडी नै बुकिङ्ग गर्नेहरुका लागि भने प्रवेश शुल्क १५ डलर रहेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments