अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक राजकुमार गोस्वामीको नयाँ गीतको म्युजिक भिडियोको छाँयांकन भर्खरै सम्पन्न भएको छ ।

म्युजिक भिडियो निर्माणका लागि हाल काठमाडौ आएका गायक राजकुमारको सोल्टिनी सोल्टिनी बोलको गीतको म्युजिक भिडियोको छाँयांकन यसै हप्ता सकिएको हो ।अर्जुन अधिकारीको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा किरण लकौल र नायिका तथा मोडल शिल्पा पोखरेलले अभिनय गरेका छन् । उक्त गीतमा संगीत तथा शब्द रचना भने सिड्नीमै बस्दै आएका दिल तामाङको रहेको छ ।

rajkumar goshwami

Comments