चीनको उत्तरपश्चिम सिन्जिआङग प्रान्तमा गत हप्ता भएको कोईला खानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार  खानी दुर्घटनामा फसेका दशमध्ये नौको मृत्यु भएको र एक जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाको कारणबारे अनुुसन्धान जारी रहेको जनाइएको छ ।

Please follow and like us:

Comments