मेलबर्न । अष्ट्रेलियाबाट नेपाली विद्यार्थीहरुको ‘हर्कत’ सार्वजनिक भएको छ । अष्ट्रेलियामा रहेर पढाइ संगसंगै म्युजिक भिडियो निर्माणमा लागिरहेका संजय सेन्चुरीको निर्देशन तथा सम्पादनमा बनेको ‘हर्कत’ छोटो चलचित्र हो । यस चलचित्रमा सत्य घटनालाई कथानक रुप दिइएको छ ।

‘हर्कत’मा सायद श्रेष्ठले आफ्नो अत्यन्तै मिल्ने साथीलाई दुर्घटनामा गुमाउन परेको पीडालाई कथाको रुपमा प्रस्तुत गरेका छन् । हर्कतमा तीन साथी बीचको मित्रतालाई देखाइएको छ । यस छोटो चलचित्रमा सायद श्रेष्ठ, सन्तोष कंडेल र निर्दोष चौहानले अभिनय गरेका छन् ।

हर्कतलाई बाबा फिल्म्स प्रोडक्सनले बजारमा ल्याएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments