पर्थ । अष्ट्रेलियामा तीन दिनसम्म एउटा रुख रोएको घटना अहिले चर्चित बनिरहेको रहेको छ ।

पर्थमा रहेको मसलाको रुखबाट गत शुक्रबार, शनिबार र आइतबारसम्म पानी तप्केको थियो । उक्त पानीलाई कसैले रुखको पसिना ठाने भने कसैले रुख रोएको ठाने ।

पश्चिमी साहित्यमा रुखबाट पानी तप्किनुलाई यौवनको झरना मान्ने मिथक छ । उक्त मिथक अनुसार, यौवनको झरनामा नुहाएमा जवानी फर्किन्छ । उक्त मिथक माथि विश्वास गरेका व्यक्तिहरुले त्यसमा नुहाए पनि । त्यस्तै कतिले रुखको फेदमा बसेर प्रार्थना गर्न थाले । तर अनुसन्धान टोलीले निकालेको नतिजाले भने ती क्रियाकलाप हाँस्यास्पद बने ।

खानेपानी विभागले आएर अनुसन्धान गरेपछि थाहा भयो कि, रुखको जरामा खानेपानीको पाइप फुटेको थियो । फुटेको पाइपबाट आएको पानीका कारण रुखको खोक्रो काण्डमा पानी भरिएको थियो । जसले गर्दा रुखबाट पानी चुहिन थालेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments