हंगकंगका वरिष्ठ नेता लेउङग चुन यिङगले विगत दुई हप्ताअघिबाट ह्रगकंगमा जारी आन्दोलन अन्त्य गरेर वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आन्दोलनकारीलाई आग्रह गरेका छन् ।

यसअघि पनि हङकङ सरकारले पनि आन्दोलनकारीलाई वार्ताको लागि आह्वान गरेको थियो । तर सरकारको आह्वानलाई आन्दोलनकारीले अस्वीकृत गरिदिएका थिए । आन्दोलनमा आन्दोलनकारीमाथि प्रहरीले यातना दिएको भिडियो सार्वजनिक भएपछि आन्दोलन थप चर्किएको थियो । त्यसपछि आन्दोलनरत बिद्यार्थीहरुलाई वार्ताको लागि आह्वान गरिएको विविसिले जनाएको छ । उनको आह्वानलाई विद्यार्थीहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

Comments