– रामप्रसाद लुईटेल

मेरा दुई भाइ छोरा छन् । दुवैलाई इन्जिनियर बनाएँ । जेठो चाहिं अष्ट्रेलिया आयो । अहिले मलाई घुम्न बोलाएको थियो, त्यसैले भिजिट भिसामा डेढ महिना अगाडी म यहाँ आएको हूँ । मेरो कान्छो छोरा दुबईमा छ ।

नेपालमा अमेरिका, अष्ट्रेलिया भनेपछि धेरै कमाइ हुन्छ, सुखसयलको जिन्दगी हुन्छ भन्ने छ । तर मेरो अष्ट्रेलियामा भएको छोराले भन्दा दुबईमा भएको छोराले धेरै कमाउँछ । जेठो छोराले सधै ‘पैसा नै पुगेन बा’ भनिरहन्छ । कान्छो छोराले भने एक वर्षमा लाखौँ पैसा पठाइसक्यो । घरको सबै आर्थिक कारोबार उसैले गर्छ ।

कहिलेकाहीं त जेठोले पैसा नभएको बाहना बनाएको हो कि भन्ने लाग्थ्यो । यहाँ आएपछि बुझें । साँच्चै दु:ख रहेछ पैसा कमाउन । अझ यहाँ पढ्न भनेर आएका विद्यार्थीहरुमाथी त मलाई दया जागेर आयो । पढाइ, काम, सधै दौडधुप । नेपालमा रहेका परिवारले छोरा छोरी अष्ट्रेलिया पठाएको छु, पैसा पठाउँछन् भन्ने आशा नराखे हुँदो रहेछ । नेपालमा भने अष्ट्रेलियाको भिसा लाग्यो भन्नासाथ अब पैसा बर्सिन्छ भन्ने सोंच्छन् ।

अष्ट्रेलियाको पीआर, यहाँको नागरिकताले गर्दा पनि मान्छेहरु दु:खलाई दबाएर बस्छन् होला । तर मेरो जेठो छोरा भन्दा दुबईमा रहेको कान्छो छोरा खुशी छ जस्तो लाग्छ । उसले घरमा पैसा पठाएको छ, आफ्नो जीवनशैली पनि राम्रो छ । सम्मानका साथ काम गरिरहेको छ । फर्केर नेपाल आउँदाको दिनमा पनि ऊसंग नेपालको आफ्नो घर, आफूले बचत गरेको कमाइ, सम्पूर्ण परिवार र काम गर्नको लागि अरु अवसर पनि हुनेछन् । तर यहाँ त पीआर र नागरिकताको लागि दौडिदा दौडिदै मान्छेहरु बाँच्न नै बिर्सिदा रहेछन् ।

सबै आमा बुवालाई पैसा भन्दा बढी आफ्ना छोराछोरीको खुशीको चाहना हुन्छ । अष्ट्रेलिया, अमेरिका, जापानमा रहेर मात्र खुशी हुन सकिन्छ भन्ने सोंच अब नेपाली आमाबुवा र छोराछोरीको दिमागबाट हट्नुपर्छ भन्ने लाग्यो ।

( अष्ट्रेलिया घुम्न आउनुभएका अभिभावकसंग गरिएको कुराकानीमा आधारित । गोपनियताको लागि नाम परिवर्तन गरिएको छ )

Gift sending to Nepal is too easy from Cake to Nepal.Here's the short video of how to order any gifts from our web portal.Book any gifts online within just a click,Vist the link below: >> www.caketonepal.com << Or call,+61451069850+61 3 83758978+61452549850 (Viber)#caketonepal #mothersday #mothersdaypackage #newpackages #trending #love#happiness #mother #cakes #gifts #giftformom #nepal #usa #australia #giftsonline

Posted by Cake to Nepal on Monday, April 29, 2019

Comments