काठमाडौं । फानी नाम गरेको समुन्द्री आँधीको प्रभाव नेपालमा पनि परेको छ । फानीकै कारण काठमाडौंसहित देशभर हावाहुरी चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज विहानैदेखि देशका विभिन्न स्थानमा पानीसहितको हावाहुरी चलिरहेको छ ।
विशेषगरी हिमाली क्षेत्रमा मानिसले धेरै सचेतना अपनाउनुपर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सकेसम्म हिमाल आरोहण गर्ने व्यक्तिहरु तल र सुरक्षित ठाउँमा बस्नु राम्रो हुने महाशाखाले जनाएको छ ।

उनले समुन्द्री आँधी जमिनमा पुग्नेवित्तिकै प्रभाव कम पर्ने भएकाले नेपालमा ठूलो असर नगर्ने मौसमविदहरुको भनाइ छ । यसको प्रभाव आज र भोलि सम्म रहने अनुमान गरिएको छ ।

समुन्द्री आँधी हाल बंगलादेशको खाडीबाट झण्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसातर्फ बढिरहेको मौसमविदहरुले बताएका छन् । नेपालको तराई क्षेत्रमा भने ११ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेको मौसमविदहरुले जनाएका छन् ।

Comments