काठमाडौं । सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम आज शुक्रबार प्रस्तुत गरिदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ४ बजे संसद्मा वर्तमान सरकारको दोस्रो नीति तथा कार्यक्रमा प्रस्तुत गर्न लाग्नुभएको हो । यो सँगै नीति तथा कार्यक्रमका मन्त्रालयगत योजनामा केन्द्रित भइ सदनमा छलफल हुने छ । त्यसकै आधारमा सरकारले रकम तोकेर आगामी आर्थिक वर्षको कार्यक्रम टुंगो लगाउने छ । अघिल्ला वर्ष प्री बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याउने गरिएको थियो । तर यो पटक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्री बजेट छलफल नगरी सरकारले नीति तथा कार्यक्रम ल्याउँन लागेको छ ।

शुक्रबार राष्ट्रपति भण्डारीले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई बिहीबार नै अन्तिम रुप दिइसकिएको छ । नीति तथा कार्यक्रमबारे बुधबार नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अनौपचारिक छलफल गर्नुभएको थियो । दुई अध्यक्षको छलफलसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यकालयले नीति तथा कार्यक्रमको अन्तिम मस्यौदा गरेको हो । मन्त्रिपरिषद् कार्यालयले २१ वटा मन्त्रालयले छुट्टा छुट्टै पठाएका योजना र कार्यक्रमलाई समावेश गरेर मस्यौदा तयार गरिएको हो ।

सकारले आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनलाई विशेष प्रामथकिता दिइएको बताइएको छ । त्यसैगरी सामाजिक सुरक्षा कार्यक्रम र रोजगारी सिर्जना हुने योजनहरुलाई प्रथमकितामा राखिएको छ । अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले आगामी बजेट दीगो विकासको लक्ष्य र १५ औँ पञ्चवर्षीय योजनालाई केन्द्रित गरेर बनाइएको बताउनुभयो ।

चुनावको समयमा वाम गठबन्धनले उठाएका एजेण्डालाई क्रमशः पुरा गर्ने गरी बजेटमा सम्बोधन गर्ने सरकारको तयारी छ ।

Comments

comments