सरकारले स्वचालित मूल्य प्रणाली लागु गरेपछि नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ ।

आयल निगमले भारतीय आयल कर्पोरेशनबाट प्राप्त हुने मूल्य अनुसार नै मूल्य घटाउन लागेको हो । भारतले अस्ति मंगलबार रातिबाट नै लागु हुनेगरी पेट्रोलको मूल्य १ रुपैयाँ भारतीय रुपैँयाले घटाएको थियो । भारतमा अक्टोबर १ मा पेट्रोलको मूल्य ५४ पैसाले घटेको थियो भने अक्टोबर १४ बाट लागु हुनेगरी थप एक रुपैयाँ घटाएको छ । भोलिबाट निगमले पेट्रोलको मूल्य कम्तिमा २ रुपैया घटाउने छ । यस्तै तिहारअघि नै डिजेलमा पनि मूल्य घट्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतले पाँच वर्षपछि डिजेलको मूल्य समायोजन गर्न लागेको हो ।

भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले नेपालमा पनि मूल्य घट्ने निश्चित भएपनि यसको औपचारिक निर्णय हुन भने बाँकी नै रहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

Comments