काठमाडौं । आज मे १ ताखि । १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि ‘संसारका मजदुर एक हौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

दिवसका अवसरमा विभिन्न राजनितिक दल सम्बद्द युनियनहरुले राजधानीका विभिन्न ठाउँबाट र्याली निकालेर कार्यक्रमको तयारी गरेका छन् ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो ।

१९ औ शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागोमा हे मार्केट काण्ड भएको संझनामा मे १ लाई श्रमिक र श्रमसँग सम्बन्धित मुद्धाको लागि विशेष अन्तराष्ट्रिय दिवसका रुपमा मनाईन्छ । यस दिन श्रमिकहरुले दैनिक रुपमा ८ घन्टा कार्य गर्ने वातावरणकालागि गरेको आन्दोलनमा अपरिचित एकजनाले प्रहरीमाथी बम फालेको र वदलामा प्रहरीको जवाफी हमलामा धेरैजना निर्दोषहरुको ज्यान गएको थियो ।

त्यही आततायी घटनाको संझनास्वरुप मे १ मनाउन थालिएको हो । त्यो आन्दोलन पूर्व सामान्यरुपमा संसारभरिका कामदारहरुले दैनिक १६ घन्टासम्म पनि काम गर्दथे । मे दिवसले श्रम क्षेत्रमा एउटा यूगान्तकारी परिवर्तन ल्याएको छ । आजको वढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनवाट शुरु गरिएको हो । शनिवारको दिन घरमा आरामले वसिरहँदा हप्ताको एक दिनको विदा अनि कार्यलय समयको निर्धारण गरि ८ घन्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए ।

Comments