मेलबर्न । एनआरएन अष्ट्रेलियाको सदस्यता दर्ता तथा नविकरण मिति आज सकिदैछ ।

एनआरएन अष्ट्रेलियाले सदस्यता नविकरण आज अप्रिल ३० सम्म गरिसक्न समयसीमा तोकेको थियो । आज अन्तिम दिन भएकोले छुटेका सदस्यहरुलाई पनि नविकरण गराउन अध्यक्ष टोनु घोतानेले आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल मार्फत आग्रह गर्दै अध्यक्ष घोतानेले लेख्नुभएको छ– ‘संस्थाको विधि र प्रक्रिया अनुसार समयमै आफ्नो सदस्यता नविकरण गर्नु हुन तपार्इ सबैमा सादर अनुरोध गर्दछु ।’

उहाँले संस्थाले आफ्नै विधि र प्रक्रिया अनुसार विधानत आ आफ्ना कामहरु गरेको जानकारी गराउदै आ आफ्नै भद्र विमति , सकारात्मक आलोचना र संस्थाकै उन्नति र प्रगतिका लागि पटक पटक छलफल र वहसहरु गर्दै आएको दाबी गर्नुभएको छ ।

गैर आवासीय नेपालीहरुको साझा संस्था एनआरएन अहिले पनि हुर्कदो र बढ्दो अवस्थामा रहेकोले यसलाई स्थापित, मर्यादित र व्यवस्थित गर्दै अगाडि बढ्ने कार्यमा हातेमालो गर्न अध्यक्ष घोतानेले सबैसँग अपिल गर्नुभएको छ ।

Comments

comments