काठमाडौं । हिरो इन्डियन वुमन्स लिग खेल्न जान लागेका दुई नेपाली महिला खेलाडीको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ ।

आइतबार एन्फा भवन सातदोवाटोमा कार्यक्रम आयोजना गरि नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतको बिदाई गरेको हो ।

नेपालबाट विदेशी लिग खेल्न दुवै खेलाडी सोमबार भारत जाँदैछन् भने उनीहरु विदेशी लिग खेल्ने पहिलो खेलाडी समेत बनेका छन् ।
राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य सावित्रा र अनिता घरेलु फुटबलमा एपीएफबाट खेल्दै आएका छन् । उनीहरुले हिरो इन्डियन वुमन्स लिगमा सेथु एफसीबाट खेल्नेछन् ।

सेथु एफसीले सावित्रा र अनितालाई तेस्रो संस्करणका लागि टोलीमा आवद्ध गरेको छ । १४ टोली रहेको प्रतियोगितामा सेथु समूह बि मारहेको छ ।

प्रतियोगिता मे ५ देखि सुरु हुनेछ भने लिगका सबै खेलहरु गुरु नानक स्टेडियम लुधियानामा हुनेछन् ।

Comments

comments