काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।

म्यानमारमा शुक्रबार भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग ११—१ गोलको विशाल गोल अन्तरले पराजित भएको हो । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा अष्ट्रेलियाले नेपाललाई पहिलो हाफमा ६ गोलले अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा नेपालले थप ५ गोल व्यहोर्यो ।

नेपालको लागि मन्जलीकुमारी योञ्जनले एक गोल फर्काइन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिईन् । मन्जली अष्ट्रेलियाविरुद्ध गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । फिफाको महिला वरियतामा ९७ औं स्थान माथि रहेको अष्ट्रेलियासंग नेपाल सवै पक्षमा कमजोर देखिएको थियो ।

महिलाको वरियतामा अष्ट्रेलिया छैटौं स्थानमा रहेको छ । नेपाल भने १०६ औं स्थानमा छ । नेपालले अब दोस्रो खेलमा आइतबार उज्वेकिस्तानसंग खेल्नेछ ।

Comments

comments