मेलबर्न । आमाको मुख हेर्ने औंशीमा आफ्ना ममतामयी आमाको लागि उपहार पठाउने सोंचमा रहेकाहरुलाई केक टु नेपालले विशेष अफर ल्याएको छ ।

अनलाइन सर्भिसमा आधारित रहेर होमडेलिभरी गर्दै आएको केक टु नेपालले यस वर्षको आमाको मुख हेर्ने दिनकालागि निशुल्क केक उपहारको योजना ल्याएको छ । यही अप्रिल ३० भित्र बुकिङ अर्डर गर्नेहरुले यो योजनाबाट लाभ लिन सक्ने केक टु नेपालले जनाएको छ । हालसम्म ८० प्रतिशत बुकिङ भैसकेको केक टु नेपालले जनाएको छ ।

अष्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको केक टु नेपालले काठमाडौं उपत्यकासहित पोखरा,चितवन,धरान,बुटवल र नेपालका प्रमुख शहरहरुमा होम डेलिभरी सेवा उपलब्ध गराउदै आएको छ । आमा र सन्तानकाबीचमा कुनै दुरी हुँदैन भन्ने अवधारणा अनुसार विशेष गरी अष्ट्रेलिया,जापान,बेलायत र अमेरिका लगायतका मुलुकहरुमा रहेकाहरुले आमाको मुख हेर्ने दिन आफ्नी आमालाई विभिन्न उपहारहरु अनलाइन बुकिङ मार्फत पठाउन सकियोस् भनेर विशेष प्याकेज ल्याइएको केक टु नेपालले जनाएको छ । यस प्याकेज अन्तर्गत विभिन्न उपहारहरु समावेश छन् । आवश्यकता र बजेट अनुसार ती प्याकेजहरु छनौट गरेर बुकिङ गर्न सकिनेछ ।

केक टु नेपालको अफिसियल वेवसाइट वा फेसबुक पेजमा गएर प्याकेज र मूल्यका बारेमा जानकारी लिन सकिनेछ । ती उपहार प्याकेज अप्रिल ३० भित्र अनलाइन बुकिङ गरे आमाका लागि एउटा केक निशुल्क उपलब्ध हुने बताइएको छ ।

यस वर्षको आमाको मुख हेर्ने दिन वैशाख २१ अर्थात मे ४ तारिखमा परेको छ ।

Comments