एजेन्सी । न्युजिल्याण्डको एक कम्पनी विरुद्ध फेसबुकले मुद्दा हालेको छ । कम्पनी संगै फेसबुकले तीन व्यक्ति विरुद्ध समेत मुद्दा हालेको छ ।

सामाजिक संजाल कम्पनी फेसबुकले उक्त कम्पनी तथा व्यक्तिहरुले फेसबुक र इन्स्टाग्राममा झुठा ‘लाइक’, ‘भ्युज’ र ‘फलोवर’ बेचेकोले मुद्दा हालेको बताएको छ ।

फेसबुकले आफ्नो नियम विपरित जानेलाई सुरुमा सुचना दिएर त्यसो नगर्न चेतावनी दिन्छ । चेतावनी दिंदा पनि नमानेकोले मुद्दा हालेको फेसबुकले जनाएको छ । उक्त मुद्दाको फैसला फेसबुकको पक्षमा आएमा उक्त कम्पनी तथा ती व्यक्तिहरुले ठूलो रकम जरिवाना तिर्नुपर्नेछ ।

यसअघि फेसबुकले यही आरोपमा चीनका चार कम्पनी तथा तीन व्यक्ति विरुद्ध मुद्दा हालेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments