मेलबर्न । युवती माथी यौन हिंसा गरेर फरार युवकको भिक्टोरिया प्रहरीले तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्बिर प्रत्यक्षदर्शीले सोधपुछमा बताएको आधारमा कम्प्युटरबाट बनाइएको प्रहरीले जनाएको छ ।

अप्रिल २१ मा सीफर्ड बीचमा २४ वर्षिया युवतीलाई ती युवकले जबरजस्ती समातेर किस गरेका थिए । अपरिचित युवकले अचानक आएर त्यस्तो हर्कत गरेपछि युवती उनलाई धकेलेर भाग्न सफल भएकी थिइन् ।

युवतीले धकेलेपछि निलो जिन्स पाइन्ट र खैरो रंगको सर्ट लगाएका युवक भागेका थिए । प्रहरीले उनी २८ वर्षका भएको अनुमान गरेको छ ।

प्रहरीले यी युवकलाई देख्ने जोकोहीले प्रहरीमा खबर गरिदिन सबैलाई आग्रह गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments