मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।

३२ वर्षकी ती महिला हाइटन गिलङको रहेको प्रहरीले विहीवार पुष्टि गरेको हो । बुधवार चाइना टाउनमा मृत अवस्थामा उनको शव फेला परेको थियो । प्रहरीले महिलाको मृत्युको कारण पत्ता लगाउन रातभर अनुसन्धान गरेको छ । तर यसबारेमा विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

प्रहरीले ३२ वर्षीय फिलिप आइल्याण्ड नामक व्यक्तिमाथि हत्यामा संलग्न भएको अभियोग लगाएको छ । बुधवार नै प्रहरी हिरासतमा लिइएका उनलाई विहीवार अदालतमा पेश गरिदैछ ।

Comments