काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उहाँको निधन भएको हो ।

कांग्रेसकाे पूर्वकेन्द्रीय कोषाध्यक्ष समेत भइसक्नु भएका ताम्राकार  बिगत दुई बर्षदेखि क्यान्सर र निमोनिया रोगसंग लडिरहनुभएको थियो  ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताम्राकारको निधनबाट मुलुक, लोकतन्त्र र नेपाली कांग्रेसलाई क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

‘लोकतन्त्र र गणतन्त्र स्थापनाको लागि गरिएको आन्दोलनमा उहाँले अहम भूमिका निर्वाह गर्नुभएकाे थियाे ’ पौडेलले भन्नुभयाे, ‘उहाँकाे असमायिक निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षति पुर्याएको छ ।’

कांग्रेसले ताम्राकारको शोकमा ३ दिन राजनीतिक कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments