मेलबर्न । नेपालमा मकवानपुर हेटौंडा–१७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठको अष्ट्रेलियामा निधन भएको छ । उनको शनिवार बिहान निधन भएको जनाइएको छ ।

पानी पिउने बेला श्रेष्ठ एक्कासी बेहोस भएका थिए । श्रेष्ठलाई उपचारको लागि कोगाहाङस्थित सेन्टजर्ज अस्पतालमा उपचारको क्रममा बिहान ६ बजे निधन भएको हो । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ । सन् २०१८ मा पत्नी दुर्गा अधिकारीको डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया गएका श्रेष्ठ परिवार कोर्गाह बस्दै आएको थियो ।

श्रेष्ठको ४ वर्षीय एक छोरा रहेको बताइएको छ । यसैबीच श्रेष्ठलाई अन्तिम संस्कारका लागि शव नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । शव नेपाल पठाउनका लागि आवश्यक सहयोग जुटाउन अष्ट्रेलियावासी नेपाली समुदायमा अपिल गरिएको छ ।

Comments

comments