एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बो र आसपास आइतबार बिहान शृङ्खलावद्ध बम विस्फोट भएको छ। विभिन्न ठाउँमा एक दिनमै आठवटा बम ब्लास्ट भएको हो ।

इसाईहरुले इस्टर पर्व मनाइरहेका बेला भएका विस्फोटमा चर्चहरु र होटललाई निशाना बनाइएको छ। एसिया टाइम्सका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ । मृत्यु हुनेमा बेलायती, अमेरिकी लगायत विदेशी नागरिकहरु समेत रहेका छन् । वरपरका अस्पतालहरु बम ब्लास्टका घाइतेहरुले भरिएका छन् ।

कसले यस्तो आक्रमण गरेको हो भन्ने बारे कुनै जानकारी आइसकेको छैन। श्रीलंका सरकारले घटनाको निन्दा गर्दै आइतबार बेलुका देखि सोमबार बिहानसम्म सुरक्षाको दृष्टिले कर्फ्यू जारि गर्ने घोषणा गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments