मेलबर्न । एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनमा केशव कँडेलले अध्यक्ष पदको लागि उम्मेद्वारी दिने सार्वजनिक गर्नुभएको छ ।

सन् १९९८ मा अष्ट्रेलियाको मेलबर्नमा विद्यार्थीका रुपमा आउनुभएका कँडेल
हाल यहाँको चिरपरिचित र सक्रिय व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । २००८ देखि एनआरएनएसँग आवद्द कँडेल विभिन्न जिम्मेवारी सम्हाल्दै उपाध्यक्षसम्म बनिसक्नुभएको छ ।

एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदकालागि आफ्नो उम्मेदवारीको उदेश्यबारे कँडेलले सार्वजनिक गर्नुभएको धारणा यसप्रकार छन् :

आदरणीय अष्ट्रेलियाबासी आमाबुवा, दिदीबहिनी, दाजुभाइ, मिडियाकर्मी साथीहरु तथा समस्त एनआरएनएका मेरा सहकर्मी मित्रहरुमा नमस्कार अनि न्यानो अभिवादन ।

म ुकेशव कंडेलु सन् १९९८ मा अष्ट्रेलियाको मेल्बर्नमा विद्यार्थीको रुपमा आएदेखि नै भिक्टोरियामा हुने लगभग सबै कार्यक्रमहरु मा मन वचन र कर्मले स्वयम्सेवीको रुपमा सकृय रुपमा सहभागी भएको कुरा यहाँहरु सबैलाई अवगत नै छ । अध्ययन सकेर आफ्नो अष्ट्रेलियाको बसाइलाई अलिक सहज बनाए संगै म २००८ देखि निरन्तर रुपमा एनआरएनएको हरेक अभियानमा मन, वचन र कर्मले सहभागी भएर आफूले सतप्रतिसत दिएको स्मरण गरिरहँदा मलाई सधै आत्मसन्तुष्टि मिल्छ । २००८– २०११ सम्म स्वयंसेवक, २०११ –२०१३ एनसीसी मेम्बर, २०१३ – २०१५ भिक्टोरिया स्टेट सचिव, २०१५–२०१७ र २०१७–२०१९ गरी दुई कार्यकाल उपाध्यक्ष एबं भिक्टोरिया स्टेटको संयोजक भएर काम गर्ने मौका दिनु भएकोमा म यहाँहरु सबै प्रति आभारी छु ।

स्वयमसेवक देखि स्टेट संयोजक वा उपाध्यक्ष सम्मको यात्रामा सधै मैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निभाएको छु । सामाजिक कार्य गर्दै गर्दा मेरो व्यवसायिक कार्यहरु नआउन भनेर मैले सधै सर्तकता अपनाउदै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नहोस भनि सधै विचार पुराउदै आएको छु । एनआरएनए अष्ट्रेलियाको बिधान परिवर्तन सँगै यस संस्था नयाँ दिशामा जान लागेको छ । यो अवस्थामा यसको कार्यन्वयनको लागि संस्थालाई निश्चय नै अनुभवी एवम्. परिपक्क्व नेतृत्त्वको आवश्यकता रहेको छ । संस्थाप्रति इमान्दारिता एवम् निष्ठा भएको व्यक्तिले मात्र यसको नेतृत्त्व गर्नुपर्ने आजको आवश्यकता हो ।

यी कुराहरु मेरो अनुभव र इमान्दारिताले पूरा गर्न सक्छु भन्ने दृढ बिश्वास सहित २०१९–२१ को लागि एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदको लागि आफ्नो उम्मेद्वारी दिने तयारी गरिरहेको ब्यहोरा अवगत गराउन चाहन्छु ।
मलाई थाहा छ पदसँगै जिम्मेवारी पनि आउँछ र म त्यो जिम्मेवारी पूर्ण निष्ठा एवम् इमान्दारिताका साथ निभाउने प्रतिबद्दता पनि गर्न चाहन्छु ।

यो उम्मेद्वारी दिने तयारी गर्दै गर्दा म एक व्यक्ति एक पदको मान्यता अनुरुप र सस्थालाई कन्फ्लिक्ट अफ इन्ट्रेस्टबाट बाहिर राख्न आफू आबद्ध एनआरएनए बाहेकका अरु सबै सस्थाहरुको पदीय जिम्मेवारीबाट आजैको दिन देखि राजिनामा दिएको जानकारी पनि गराउन चाहन्छु । आगामी २ बर्ष एनआरएनए बाहेक अन्य संस्थामा म कुनै पनि पदीय जिम्मेवारीमा नरहने ब्यहोरा अवगत गराउन चाहन्छु ।

अब चाँडै नै म तपाईंहरु समक्ष मेरा प्रस्तावित कार्यक्रमहरुको खाका सहित आउनेछु । तपाईंहरुको सर सल्लाह एवम् सुझाव मलाई हरपल चाहिरहनेछ र सदा झै विशेष सुझाव र सहयोग को लागि म छिट्टै प्रत्यक्ष वा कुनै न कुनै माध्यमबाट आउनेछु । धन्यवाद ।

Comments

comments