मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली नयाँ वर्ष विशेष कार्यक्रमको आयोजना हुने भएको छ । ONUF भिक्टोरियाको आयोजनामा उक्त नयाँ वर्ष विशेष कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा लोकप्रिय गायक जीवन शर्माको विशेष प्रस्तुति रहनेछ । आम मानिसका पीर व्यथा, चाहनाहरुलाई गीत मार्फत व्यक्त गर्ने गायक शर्माले यतिबेला अष्ट्रेलियाका विभिन्न ठाउँमा प्रस्तुति दिइरहेका छन् । सोही अनुरुप मेलबर्नमा २२ अप्रिलमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा सहभागिताको लागि १० डलर शुल्क लाग्नेछ । भिजिट भिसामा रहेका अभिभावक र बालबालिकाको लागि भने नि:शुल्क प्रवेशको व्यवस्था रहेको छ । आयोजकका अनुसार, प्रवेश शुल्कबापत उठेको सम्पूर्ण रकम नेपालमा सामाजिक कामको लागि जानेछ ।

उक्त नयाँ वर्ष विशेष कार्यक्रम Estonian House , 43 Melville Rd , Brunswick मा हुनेछ । कार्यक्रम बेलुका ५ :३० देखि राती ९ : ३० सम्म हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments