काठमाडौं । शैक्षिक गुणस्तर खस्किरहेका बेला साेलुखुम्बुकाे थुलुङ दुधकोसी गाउँपालिकाले शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

सो गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा गत सोमबार बसेको बैठकले शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ शैक्षिक सत्रदेखि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

विद्यार्थीले विद्यालय जाँदा मोबाइल साथमा लैजान र शिक्षकहरुले विद्यालय समयभित्र मोबाइल प्रयोग गर्न नपाइने गरी निर्णय गरिएको र कडाइका साथ लागू गर्न परिपत्रसमेत गरिएको अध्यक्ष राईले बताउनुभयो । समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments